Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगरले गर्यो कार्यविभाजन

उद्‌घोष संवाददाता
२८ असार २०८२, शनिवार

विराटनगर । नेकपा एमाले महानगर कमिटीको शुक्रबार विराटनगरमा बसेको दोस्रो पूर्ण बैठकले विभिन्न विभाग गठन गर्दै कार्यविभाजन सम्पन्न गरेको छ । 

बैठकले महानगर कमिटी अध्यक्ष बलराम गिरीको नेतृत्वमा स्कुल विभाग गठन गरेको छ । उक्त विभागको उपप्रमुखमा उपसचिव हिमा मैनालीले जिम्मेवारी प्राप्त गरेकी छन् ।

संगठन विभागको प्रमुखमा महानगर कमिटीका सचिव विज्ञान चापागाईँ, कोष तथा वित्त व्यवस्थापन विभागको प्रमुखमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव हमिद आजाद चयन भएका छन् । 

बैठकले निर्वाचन समितिको संयोजकमा विष्णु तामाङलाई चयन गरेको सचिव विज्ञान चापागाईँले जानकारी दिए । महानगर अध्यक्ष गिरीको संयोजकत्वमा समृद्ध विराटनगर कार्ययोजना कार्यदल गठन भएको छ । त्यसको सदस्यहरूमा महानगर सचिव चापागाईँ, पालिका सभादल प्रमुख एवं विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की चयन भएका छन् । कार्यदलको सदस्यमा विज्ञ सदस्यहरू मनोनित गरिने बैठकले निर्णय गरेको छ । 

बैठकले लेखा समितिको संयोजकमा बोधराज घिमिरेलाई चयन गरेको जनाइएको छ ।

बैठकबाट महानगर कमिटीको सचिवालय सदस्यमा विष्णु पौडेल, राम पाण्डे, प्रमोद खतिवडा, तुलसी घिमिरे र संगीता देवलाई मनोनित गरेको छ । 

महानगर कमिटी सदस्यमा जितन थापा, प्रवेशकुमार लम्साल, अबोध गौतम र सुरेन शाक्यलाई मनोनित गरेको जनाइएको छ ।

पार्टी कार्यालय पाञ्चालीमा बसेको महानगर कमिटीको दोस्रो बैठकलाई पार्टी केन्द्रीय कमिटी सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरे, महानगर कमिटी इन्चार्ज परशुराम बस्नेत, जिल्ला कमिटी उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा लगायतले पार्टीको सांगठानिक सक्रियता र संगठन परिचालनमा केन्द्रीत हुन आग्रह गरेका थिए । 

बैठकले महानगर कमिटीको वार्षिक कार्ययोजना २०८२ पारित गर्दै कार्ययोजना कार्यान्वयनको लागि कार्यतालिका र वार्षिक बजेट अनुमोदन गरेको छ । 

उक्त कार्ययोजना अनुसार २०८२ मा महानगर भित्र सक्रिय रहेका जनसंगठन परिचालन र वडा कमिटी सुदृढीकरण गर्ने, लेबी व्यवस्थापन गर्ने निर्णय गरेको सचिव चापागाईँले बताए ।

View : 603

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved