Biratnagar, Morang, Nepal
२७ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बृद्धाश्रममा भोजन सेवा

उद्‌घोष सम्वाददाता
९ भदौ २०८१, आइतवार

विराटनगर । लायन्स क्लव  विराटनगर गोग्राहाले शनिबार विराटनगर–८ स्थित विराटेश्वर बृद्धाश्रममा भोजन सेवा गरेको छ ।

क्लबका अध्यक्ष प्रकाश पराजुली लगायतका पदाधिकारीहरूको टोलीले आश्रमका ६० जना बृद्धबृद्धाहरूलाई खीर र खाना  खुवाएको हो । 

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सुशील सन्थलिया, राजन निरौला, विजेन्द्र कर्ण, कृष्ण गौतम लगायतको सहभागिता थियो । 

यसअघि क्लबले विराटनगर–१ स्थित सयपत्री आधारभूत स्कुलका ६० जना, जनता आधारभूत स्कुल सुन्दरहरैंचा–३ का ६५ जना र सुन्दरहरैंचा ३ कै जननी आधारभूत स्कुलका २० जना विद्यार्थीहरूलाई कपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष पराजुलीले जानकारी दिए ।

View : 597

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved