Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

संसद पुनर्स्थापना माग्दै एमाले मोरङको र्‍याली र सभा (फोटो)

उद्‌घोष संवाददाता
२९ कार्तिक २०८२, शनिवार

विराटनगर । नेकपा एमाले मोरङको आयोजनामा शनिबार विराटनगर केन्द्रित र्‍याली र सभा सम्पन्न भएको छ । 

जेनजी आन्दोलनपछि विघठन भएको प्रतिनिधि सभाको पुनस्र्थापना माग गर्दै एमालेले देशैभरी मोटरसाइकल र्‍याली सहितका सभा आयोजना गरेको हो ।

मोरङमा पनि उर्लाबारी–पथरी–बेलबारी–विराटचोक र रंगेली–धनपालथान–कटहरी हुँदै विराटनगर केन्द्रित बनेको मोटरसाइकल र्‍याली विराटनगरको महेन्द्रचोकमा सभामा परिणत भएको हो ।

विराटनगर महानगर कमिटीको समन्वयमा महानगरबाट मिसिएको मोटरसाइकल र्यालीपछि आयोजित सभालाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले सम्बोधन गरेका थिए ।

उपाध्यक्ष बरालले संविधानको रक्षा र अराजकताको अन्त्यका लागि विघठित प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्ने बताए । संसद पुनस्र्थापनाको ऐजेण्डामा कांग्रेससँग समेत सहमति भइरहेको उनले दाबी गरे ।

‘प्रतिनिधि सभा पुनर्स्थापना जरुरी छ, संविधानको रक्षा र जेनजी आन्दोलनका नाममा मच्चाइएको अराजकताको अन्त्य हुनुपर्छ’ बरालले भने, ‘सरकारले चुनाव गराउने भने पनि वातावरण बनाउन सकेको छैन, सुरक्षा निकायको मनोबल उठाउने कार्यमा सरकार संवेदनशील छैन ।’

एमाले जिल्ला कमिटी मोरङका अध्यक्ष अजम्बर राईले पार्टीको केन्द्रीय कार्यक्रम र घोषणा अनुसार अभियानका रुपमा देशव्यापी रुपमा गरिएको र्‍याली र सभा भव्य रुपमा सम्पन्न भएको दाबी गरे । 

उनले एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गराउन अझ सशक्त रुपमा आन्दोलनका कार्यक्रम अघि सारिने उनले बताए ।

View : 522

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved