Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका आठ पत्रकार पुरस्कृत

उद्‌घोष संवाददाता
२४ वैशाख २०८३, बिहिवार

विराटनगर । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारबाट आठजना पत्रकार पुरस्कृत भएका छन् । 

बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारको तर्फबाट पुरस्कृत पत्रकारहरूलाई पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

पुरस्कृत हुने पत्रकारहरूमा रेजिना गौतम, सिद्धराज राई, मनोज श्रेष्ठ, शेखर रेग्मी, श्यामसुन्दर सुतियार, सन्तोष रुचाल र विवेक गौतम र हिमाल दाहाल रहेका छन् । 

उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनही एक लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेका हुन् । 

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रेसमाथि कुनै अंकुश लाग्न नदिइने बताए । 

उनले सूचना तथा विज्ञापन कटौती गरेर प्रेसलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । 

प्रदेश सरकारले आवश्यकता महसुस गरे नीतिगत र कानुनी व्यवस्था गरेर पत्रकारिता क्षेत्रलाई सहयोग गरिने बताए । 

उनले आगामी नीति तथा कार्यक्रममा यस विषयलाई समावेश गर्न आन्तरिक मामिला मन्त्रालयलाई आग्रह समेत गरे । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा सञ्चार क्षेत्रसम्वद्ध विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

View : 72

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved