Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

हत्या आरोपी ६ वर्षपछि पक्राउ

उद्‌घोष संवाददाता
२६ जेठ २०८२, सोमवार

विराटनगर । विराटनगर–१६ की इशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार अभियुक्त ५५ बर्षीय एसराज लामालाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । 

लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर–१६ मा बस्दै आएकी २१ बर्षीया इशा योगी शेर्पाको शरीरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । 

घाइते शेर्पाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

View : 322

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved