Biratnagar, Morang, Nepal
२५ कार्तिक २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आजदेखि नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै

उद्‌घोष संवाददाता
२४ कार्तिक २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँदैछन् ।

म्हः पूजाका अवसरमा नेवार समुदायले आफ्नो शरीरको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ । यस दिन परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मण्डप बनाई आफ्नो पूजा गर्ने चलन छ ।

म्हः पूजाका क्रममा चामल, फूल, फलफूल, बत्ती तथा विभिन्न पूजा सामग्री प्रयोग गरी मण्डप सजाइन्छ। त्यसपछि परिवारका सदस्यले विधिपूर्वक पूजा गरी सगुन ग्रहण गर्ने परम्परा छ ।

नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो। राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यता रहेको छ ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी, र्‍याली तथा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

यस पर्वले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

View : 37

२५ कार्तिक २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved