Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

ब्राजिलको साउ पाओलोमा एटिआर ७२–५०० जहाज दुर्घटना, ५७ यात्रुसहित ६१ जनाको मृत्यु

उद्‌घोष संवाददाता
२६ साउन २०८१, शनिवार

Advertisement

साउ पाओलो । ब्राजिलमा शुक्रबार एउटा एटिआर ७२–५०० जहाज दुर्घटना हुँदा त्यसमा सवार सवै ६१ जनाको मृत्यु भएको छ ।

साओ पाउलोको एउटा क्षेत्रमा भोपास एयरलाइन्सको पीएस–भीपीबी कल साइन भएको उक्त जहाज दुर्घटना हुँदा विमानमा सवार ५७ यात्रु र चालक दलका ४ जना गरी ६१ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

दुई इन्जिनयुक्त टर्बोप्रप जहाज ब्राजिलको दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलोका लागि उडेको थियो ।

ग्वारुल्होस विमानस्थल पुग्नु केही मिनेट अघि नै जहाज आकासमा अनियन्त्रित फन्को मार्दै क्रमशः अगाडिको भाग जमिनतिर घोप्टिएर भुँईमा खस्दा ठुलो ज्वाला र धुँवाको मुस्लो निस्किएको थियो ।

जहाज बस्ती क्षेत्रमै खसे पनि थप मानवीय क्षति नबढाएको तर स्थानीय एउटा घरका अधिकांश संरचनालाई ध्वस्त बनाइदिएको जनाइएको छ । 

यो घटनाले जहाजका मृतकहरूको आफन्तजनमा ठुलो चोट पुर्‍याएको भन्दै ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुखित परिवारप्रति समवेदना जारी गरेका छन् ।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले लगातार तीन दिनका लागि शोकको घोषणा गरेका छन् ।

यो दुर्घटनाको जहाज निर्माता फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले समेत गहिरो अनुसन्धान गर्ने जनाइएको छ ।

दुर्घटनाग्रस्त भएको उक्त जहाज १४ वर्ष ३ महिना उडिसकेको थियो । त्यसले आफ्नो पहिलो उडान भने सन् २०१० को अप्रिल २२ मा पुरा गरेको हवाई सुरक्षाको जानकारी राख्ने प्लेनस्पोटर्स डट नेटले उल्लेख गरेको छ । (एजेन्सीको सहयोगमा)

View : 557

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved