Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

हिउँदमा पशु आहारा बढाउन घाँसको बीउ वितरण

उद्‌घोष संवाददाता
१६ मंसिर २०८१, आइतवार

भद्रपुर, १६ मङ्सिर । झापाको भद्रपुर नगरपालिकाले सुक्खा समयमा पशु आहाराका लागि हिउँदे जैँ घाँसको बीउ वितरण गरेको छ ।

किसानको ५० प्रतिशत लागत साझेदारीमा घाँसको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । भद्रपुर नगरपालिका पशु सेवा शाखाका प्रमुख रोहितकुमार कार्कीका अनुसार किसानको मागअनुसार औसतमा पाँच किलो बीउ वितरण गरिएको हो । हालसम्म २५ क्विन्टल बीउ वितरण भइसकेको र १५ क्विन्टल बीउ वितरणको क्रममा रहेको छ ।

हालसम्म पाँच सयभन्दा बढी किसानले बीउ लगेको प्रमुख कार्कीले बताए । “अझै तीन सय किसानलाई जैँ घाँसको बीउ वितरण गर्ने लक्ष्य छ”, उनले भने–“जैँ घाँसले हिउँदको समयमा पशु आहारको कमीलाई पूर्ति गर्नुका साथै यसबाट व्यावसायिक पशुपालकलाई समेत फाइदा पुग्ने छ”, उनले भने । रासस

View : 295

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved