Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सप्तकोशी बैंकद्वारा सगरमाथाका बसमा क्यूआर सेवा प्रदान

उद्‌घोष सम्वाददाता
९ वैशाख २०८२, मङ्गलवार

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सगरमाथा यातायात प्रालिका सबै बसमा डिजिटल माध्यमद्वारा भाडा भुक्तानी गर्नसक्ने सुविधा सुरुवात गरेको छ । 

सो बैंकले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको भाडा भुक्तानीलाई सहज र सरल बनाई सुविधा प्रदान गर्ने उद्देश्यले कोशी प्रदेशमा सार्वजनिक यातायात सेवा सुरु गर्ने सगरमाथाका सबै ३४ बसमा भाडा भुक्तानीका लागि ‘फोन पे’को क्यूआर सेवा प्रदान गरेको हो ।

काठमाडौं उपत्यका वाहिर नेपालभरमै सार्वजनिक यातायातमा आधिकारीक रुपमा सुरुवात गरिएको यस प्रकारको सेवा सम्भवत यो नै पहिलो पटक  भएको सप्तकोशी बैंकले दावी गरेको छ । 

यात्रुहरुको माग र समय अनुकुल सेवाविस्तार गर्दै जाने कम्पनीको उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको जनाइएको छ । 

बैंकका अनुसार सो सेवाबाट यात्रुहरुले आफ्नो मोवाइलबाटनै भाडा भुक्तानी गर्न सक्ने हुँदा नगद बोकिरहने र खुद्रा पैसाको झञ्झटबाट मुक्ति पाउने छन् । 

नेपाल भारतबीचको सिमानाका काँकडभिट्टा र जोगवनी दुबै स्थानहरुबाट बस सेवा सञ्चालनमा रहेको हुँंदा भारतबाट नेपाल भ्रमणमा आई बस सेवा उपयोग गर्ने भारतीय नागरिकहरुले समेत आफ्नै भारतीय बैंक खाताको प्रयोग गरी डिजिटल माध्ययबाट भाडाको भुक्तानी गर्न सक्ने व्यवस्था समेत रहेको सप्तकोशी बैंकले जनाएको छ ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved