विराटनगर । मानवअधिकार तथा शान्ति समाज मोरङ शाखाको २६ औं जिल्ला साधारण सभाले अध्यक्षमा पुनः प्राडा जीवनकुमार ढकाललाई चयन गरेको छ । समितिको उपसभापतिमा अशोक लामा, सचिव केदार पौडेल, उपसचिव विनोद रजक, कोषाध्यक्षमा रञ्जना भट्टराई छन् ।
समितिको सदस्यहरु डा अच्युत कट्टेल, वेदप्रसाद संग्रौला, सावित्रा पराजुली, लक्ष्मी चौधरी, लक्ष्मी आचार्य, राजेन्द्र खनाल, उर्मिला थापा छन् । यसैगरी सल्लाहकारमा सीताराम चम्लागाँई, शैलेन्द्र सिवाकोटी, भेषराज पोखरेल छन् ।
जिल्ला साधारण सभामा केन्द्रीय कार्यसमितिका सचिव सन्तोष रौनियार, पर्यवेक्षक तथा केन्द्रीय अनुशासन विभागका संयोजक अधिवक्ता विकास थापा निर्वाचन अधिकृतको रुपमा भूमिका निर्वाह गरेका थिए ।
सो सभामा प्रमुख वक्ताको रुपमा महेन्द्र मोरङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना, पर्यवेक्षक सन्तोष रौनियार, निर्वाचन अधिकृत विकास थापा तथा निवर्तमान सभापति भेषराज पोखरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।
View : 448
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved