विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दुहवीका नगर अध्यक्ष एवम् नेवाः देय् दबू सुनसरीका उपाध्यक्ष सुशील शाक्यकी आमानरमाया शाक्यको ८८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि पक्षघात (प्यारालाइसिस) रोगबाट पीडित शाक्यको शनिबार बिहान संखुवासभाको खाँदबारीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी विगत एक वर्षदेखि बिरामी थिइन् ।
स्वर्गीय शाक्य सत्य साई संगठन कोशी प्रदेशकी आध्यात्मिक संयोजक उमा कोइरालाकी सासुआमा समेत हुन् । उनी सामाजिक कार्य र आध्यात्मिक क्षेत्रमा समेत आबद्ध थिइन् ।
पारिवारिक सदस्य गणेश बज्राचार्यका अनुसार, स्वर्गीय शाक्यको अन्तिम संस्कार आजै संखुवासभास्थित अरुण नदीको तटमा रहेको सतिघाटमा गरिने कार्यक्रम रहेको छ । स्वर्गीय शाक्यका तीन छोराहरू ललित, सुशील र राजु छन् ।
शाक्यको निधनप्रति विभिन्न सामाजिक संघ–संस्था, शिक्षासेवी र नेवाः समुदायका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
View : 361
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved