Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एभरेष्ट साइन्स सेन्टरको रजत जयन्ती भव्य रूपमा सम्पन्न

उद्‌घोष संवाददाता
२८ माघ २०८२, बुधवार

विराटनगर । एभरेष्ट साइन्स सेन्टर नेपाल, शान्तिवनको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) माघ २६–२८ गतेसम्म भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नासाका वरिष्ठ वैज्ञानिकहरूको विशेष प्रस्तुति मुख्य आकर्षण रहेको थियो ।

विज्ञान प्रदर्शनी, डायनासोर सङ्ग्रहालय अवलोकन, दूरबिनबाट तारा तथा ग्रह अवलोकन, कोशी टप्पु वन्यजन्तु आरक्षको शैक्षिक भ्रमणलगायत गतिविधि सम्पन्न गरिएको थियो। विद्यार्थीहरूका लागि पौष्टिक खाजा वितरण तथा रुद्राक्ष ब्याण्डको सांगीतिक कार्यक्रम पनि रहेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको अवलोकन गर्दै लोगो अंकित टि–सर्ट तथा भेस्टको अनावरण गरेका थिए ।

सेन्टरका सीईओ डा. दिलिप कुमार अधिकारीले सबैप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

View : 249

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved