Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षा अधिकृतहरूलाई क्षमता विकास तालिम

उद्‌घोष सम्वाददाता
१ जेठ २०८१, मङ्गलवार

विराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहहरूमा कार्यरत शिक्षा अधिकृतलाई क्षमता विकाससम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । 

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र शिक्षा विकास निर्देशनालय धनकुटाको आयोजनामा इटहरीमा मंगलबारदेखि तालिम सुरु भएको जनाइएको छ । तालिममा झापा, मोरङ, सुनसरी र उदयपुरका शिक्षा अधिकृतहरूको सहभागी छन् ।

तालिममा शिक्षासम्बन्धी नीतिगत तथा कानुनी प्रावधानहरू, ७५ प्रतिशत बढुवा, कम्प्युटर शीप, कार्य सम्पादन मुल्यांकन, स्थानीय तहबाट हुने कार्य लगायतका विषयमा तालिम दिएको जनाइएको छ ।

तालिममा शिक्षा विकास निर्देशनालय धनकुटाका अधिकृत ईश्वरीप्रसाद ओझा, पूर्व शिक्षा अधिकृत भूपेन्द्रप्रसाद कोइराला, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, शिक्षा निर्देशनालयका निर्देशक कृष्ण पोखरेल, सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयाँल लगायतले सहजीकरण गरेका छन् । 

तालिममा सहभागी शिक्षा अधिकृतहरू दीपक खनाल, रविन्द्र पण्डित, हरि कट्टेल, अशोक घिमिरे लगायतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तहमा काम गर्दा कार्यान्वयन गर्ने बताए ।

View : 317

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved