Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरीका मेयर पौडेलले लगाएको लाञ्छनाविरुद्ध पत्रकारहरू आन्दोलित

उद्‌घोष संवाददाता
२५ असार २०८२, बुधवार

सुनसरी । इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले दिएको अभिव्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । 

गत शुक्रवार बिहान नगरप्रमुख पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको’ आरोप लगाएका थिए । उनले समग्रमा पत्रकारलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघ आन्दोलित भएको हो । 

महासंघ सुनसरीले  बुधबार नगरप्रमुख पौडेललाई ज्ञापनपत्र बुझाउँदै आरोप पुिष्ट गर्न चेतावनी दिएको छ । 

बिहीबार इटहरीमा सक्रिय तथा अग्रज पत्रकारहरूको भेला आयोजना गर्दै आन्दोलनको कार्यक्रम सशक्त बनाउने कार्यक्रम रहेको छ ।  

यस्तै इटहरीका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समाज तथा सरोकारवाला निकायसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा छलफल गर्ने, सूचनाको हक प्रयोग गर्दै इटहरी उपमहानगरपालिका भित्रका सूचना माग गर्नको लागि आह्वान गर्ने, नगरप्रमुख पौडेलले प्रतिनिधित्व गर्ने पार्टी नेपाली कांग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति आधिकारिक धारणा माग गर्ने लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पौडेलले शुक्रवार सामाजिक सञ्जालमा ‘भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिला हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाज ले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा’ भनेर लेखेका थिए । 

सो विषयमा पत्रकार महासंघले विज्ञप्ति निकाल्दै दानापानी माग्ने पत्रकारको नाम माग गरेको थियो । प्रेस युनियन सुनसरी, प्रेस चौतारी सुनसरी, प्रेस सेन्टर सुनसरी र आदिवासी जनजाति पत्रकार संघ ‘फोनिज’ सुनसरीले नगरप्रमुख पौडेलले सार्वजनिक माफी माग्नु पर्ने माग गरेका छन् ।

View : 553

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved