विराटनगर । पाँचथर र ताप्लेजुङमा स्पानको ढलान भइसकेका दुईवटा पक्की पुल आकस्मिक रुपमा परेको बर्षापछिको बाढीले क्षतिग्रस्त बनेका छन् ।
मध्यपहाडी राजमार्ग अन्तरगत पाँचथरको याङ्वरक गाउँपालिका–२ स्थित मेवाखोलामा निर्माणाधीन ४० मिटर लामो निमार्णाधिन पक्की पुलको स्पान बाढीले जग (टेका) मंगलबार रातीको बाढीले बगाउँदा भाँचिएको छ ।
मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रका अनुसार ७ करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुन लागेको उक्त पुलको करिब ९० प्रतिशत काम सकिएको थियो । चैत २ गते ढलान सकिएको पुल सरोज निर्माण सेवाले निर्माण गरिरहेको जनाइएको छ ।
मेवाखोलामा पुल नहुँदा उत्तरी क्षेत्रका च्याङ्थापु र फलैचासँगै ताप्लेजुङको सादेवा र कालिकाखोला क्षेत्रका नागरिकले बर्षायाममा सदरमुकाम पुग्न बर्षेनी सास्ती व्यहोरिरहेका थिए ।
यता, बाढीले ताप्लेजुङको मैवाखोला गाउँपालिका २ र ५ खार्तेस्थित नेरुवा खोलामाथि निर्माणाधीन अर्को पक्की पुलपनि क्षतिग्रस्त बनाएको छ ।
स्पानको ढलाई सकिएको ३५ मिटर लामो उक्त पुल मंगलबार रातीको बर्षापछिको बाढीले बगाएको जनाइएको छ ।
सञ्जिव निर्माण सेवाले ७ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिरहेको पुलको क्षतिग्रस्त बनेपछि मैवाखोलाबासीको पुलबाट आवातजावत गर्ने सपना तुषारापात भएको हो ।
View : 149
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved