विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरूमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत अबैध रुपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियानअनुसार शुक्रबार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणीर आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमि र साँगुरीगढी गाउँपालिकाको बिभिन्न इलाकाहरूका ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरेको छ ।
यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरूको करिव २२ रोपनी पाखा बारीमा लगाएको १६ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
View : 285
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved