Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एकीकृत समाजवादीले सरकारलाई बुझायो स्मरणपत्र

उद्‌घोष संवाददाता
९ जेठ २०८२, शुक्रवार

विराटनगर । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ देशव्यापी अभियानमा जुटेको नेकपा एकीकृत समाजवादीले यसअघि बुझाइएको मागपत्रबारे प्रधानमन्त्रीलाई पुनः स्मरणपत्र बुझाएको छ ।

एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्मरणपत्र बुझाएको छ ।

‘हामीले यसअघि नै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराइसकेका छौं’, पार्टीका जिल्ला अध्यक्ष चन्द्रवीर राईले भने ‘आज त्यसको फलो अपका लागि स्मरण पत्र बुझाएका हौं ।’

एकीकृत समाजवादीले मुलुकमा पछिल्लो समय भ्रष्टाचारजन्य गतिविधि बढेको, आर्थिक अपचलनका विकृतिहरु बढेको, सुशासन कमजोर भएको तथा रोजगारीका अवसरहरु न्यून भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

सरकारले आफ्ना मागहरु वेवास्ता गरे आन्दोलनको चेतावनीसमेत दिएको एकीकृत समाजवादीले भ्रष्टाचार केन्द्रदेखि गाउँतहसम्मै फैलिएको, सोही कारणले जनतामा निराशा छाएको स्मरणपत्रमा उल्लेख गरेको छ ।

ज्ञापन बुझाउन गएको प्रतिनिधिमण्डलमा अध्यक्ष राई, उपाध्यक्ष दीपक ढकाल, नेताहरु मिरा दाहाल पोखरेललगायतका नेताहरु सहभागी थिए ।

View : 755

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved