Biratnagar, Morang, Nepal
१७ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा बाख्रा चोरी गर्ने दुई जना पक्राउ, चार बाख्रा पनि बरामद

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । मोरङ प्रहरीले विराटनगरमा बाख्रा चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–३ का ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार विराटनगर महानगरपालिका–४ स्थित एक घरबाट खसी र बाख्रा चोरी भएको सूचना प्राप्त भएको थियो । त्यसैगरी, सोही दिन विराटनगर–३ स्थित अर्को घरबाट समेत खसी तथा बाख्रा चोरी भएको उजुरी परेको थियो ।

दुवै घटनामा संलग्न व्यक्तिहरूले चारवटा बाख्रा चोरी गरी लगेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा शनिबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा विराटनगर–३ मा बस्दै आएका राजवंशीद्वयको घरमा चोरी गरिएका बाख्रा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको घरबाट चोरी भएका चारवटा बाख्रा पनि बरामद गरेको जनाएको हो । बरामद बाख्रासहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ ।

पक्राउ परेका दुवै जनामाथि बाख्रा चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

View : 73

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved