Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

चौतारी सुनसरीको अध्यक्षमा विकास

उद्‌घोष संवाददाता
१८ माघ २०८१, शुक्रवार

इटहरी । प्रेस चौतारी नेपाल सुनसरीको इटहरीमा बिबिध कार्यक्रम गरेर बिहीबार सम्पन्न आठौं अधिवेशनले विकास राईको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्ष बिकल पौडेल, उपाध्यक्ष (महिला) सीमा वस्नेत, सचिव सुदिप पोखरेल, सहसचिव लक्ष्मण कटुवाल, समावेसी सहसचिवतर्फ सुमित्रा राई (सञ्जु), कोषाध्यक्षमा रोशन दाहाल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा जीवन विष्ट, निर्मला पौडेल, मौसमी कार्की, रूद्रराज शर्मा जमरकट्टेल, मित्र क्षेत्री, राजन घिमिरे, सचिन राई, आदेश गौतम, रूपक पराजुली, सनम तामाङ र विक्की श्रेष्ठ चयन भएका छन् ।

चौतारीले लामो समयदेखि संगठनमा रही पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको मूल्यांकन गर्दै अग्रज पत्रकार कृष्णबिनोद लम्साल, किशोरकुमार कार्की, भीम राई ज्वाला, देवेन्द्र कार्की, लीलाराज भट्टराई, भोजराज श्रेष्ठ, सन्तोष काङ्खले लगायतलाई कार्यक्रममा सम्मान गरिएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको उदयिमान पत्रकारिता पुरस्कारबाट विराट टेलिभिजनकी समाचार वाचक सिर्जना ठाकुर, कौशीला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट धरान कृति टेलिभिजनका वसन्त वान्तवा, अमर फाउन्डेसनद्वारा स्थापना गरिएको अमर स्मृति पत्रकारिता पुरस्कारबाट मोरङका बिक्रम लुइटेललाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको छ ।

View : 301

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved