Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

पुष्पलालको स्मृति दिवसमा विचार गोष्ठी

उद्‌घोष संवाददाता
८ साउन २०८२, बिहिवार

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा पुष्पलाल स्मारक समितिले विभिन्न कार्यक्रम आयोजना गरेको छ । 

बुधबार आयोजित समापन समारोहमा विचार गोष्ठी, पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।

‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम, पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय, सत्यनारायण माविकी भारती अधिकारी तृतीय हुँदा पोखरियाकी स्मिता मिश्र, पोलस्टारकी प्रकृति घिमिरे र जनता नमुना माविकी खुसी साहले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

उनीहरूलाई क्रमशः ५, ३, २ र १–१ हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । 

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अविर, माला लगाएर पुरस्कार र प्रमाणपत्र प्रदान गरे । 

सो अवसरमा कवि एवं पत्रकार मीनकुमार नवोदित, भरत गुरागाईं र हरि कट्टेलले पुष्पलालसँग सम्बन्धित कविता सुनाए । 

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृतका पोलिटब्यूरो सदस्य महेश रेग्मी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुशल लिम्बू, नेकपा एमाले मोरङका पूर्वअध्यक्ष बाबुराम कार्की, राजनीतिक विश्लेषक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतम, सचिव रामबहादुर घिमिरेलगायतले नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालले पुर्‍याएको योगदानका विषयमा चर्चा गरेका थिए ।

View : 405

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved