Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

‘अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापति देउवासमक्ष अनुरोध गर्ने’

उद्‌घोष संवाददाता
२६ असार २०८२, बिहिवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ ।

नेता डा कोइरालाको सम्पर्क कार्यालयमा बिहीबार बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत र एकतर्फी भएकाले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद् राजेन्द्र बजगाईँले जानकारी दिए ।

बैठकमा उपसभापति धनराज गुरुङले कसैलाई पनि काखापाखा नगरिकन एकढिक्का गरी सशक्त रुपले पार्टीलाई अघि बढाउने काम भइरहेको अवस्थामा अनुशासन आयोगमार्फत एक्कासि कारबाहीको नाम सार्वजनिक गरिएकोमा दुःख व्यक्त गर्नुभयो ।

बैठकमा नेता कोइरालासहित उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायतको उपस्थिति थियो ।

View : 662

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved