Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

भँडारे खोलाले सडक बगाउँदा सिद्धिचरण राजमार्गमा यात्रुलाई सास्ती (फोटो)

उद्‌घोष संवाददाता
१२ साउन २०८२, सोमवार

विराटनगर । अविरल बर्षाका कारण सिद्धिचरण राजमार्ग अन्तरगत ओखलढुंगाको भँडारे खोलामा आएको बाढीले यातायात अवरुद्ध भएको छ । 

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित भँडारे खोलाले लेदो र ढुंगासहितको बाढी आएर सडकको १० मिटर क्षति पुर्‍याएको हो ।

सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यातायात अवरुद्ध हुँदा सडकको दुवैतिर सवारी साधनको लाम लागेको थियो । 

प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको सहयोगमा खोलाले बगाएको सडक खण्डमा ढुंगा माटो लगाएर पुनः सुचारु गरिएको जनाइएको छ ।

View : 384

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved