विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीभित्र एकताको आवश्यकता रहेको बताएका छन् ।
शनिबार एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा बोल्दै इन्चार्ज राईले कोशी प्रदेशमा संखुवासभाबाट सुरू भएको जिल्ला अधिवेशनको प्रक्रिया सवैभन्दा अन्तिममा मोरङ भएकोप्रति उनले केही असन्तुष्टि समेत पोखे ।
नेतृत्व निर्माण गर्दा सवैले पार्टीको नीति र नेतृत्वलाई मानेर जानुपर्ने बताए ।
‘अब हामी एक भएर अघि बढ्नुपर्ने छ, सवैले पार्टीको नीति र नेतृत्वलाई मानेर जानुपर्छ’ राईले भने, ‘अरू जिल्लामा पार्टीको काम घरघरमा पुग्यो तर यो जिल्लामा बल्ल जिल्ला अधिवेशन हुँदैछ, अव सवैको चाहना सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्छ, त्यसैबाट सवै कार्यकताएको सुन्दर भावना व्यक्त हुन्छ ।’
उनले पार्टीभित्र भन्दा एउटा कुरा भन्ने, तर गर्दा अर्को काम गर्ने प्रबृत्ति भने कसैले देखाउन नहुने बताए ।
साथै पार्टी पंक्तिलाई एक ढिक्का बनाउन सक्ने नेतृत्व चयन गर्न आफ्नो विवेक प्रयोग गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
View : 440
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved