विराटनगर । सडक र बाहनको क्षमता भन्दा बढी भार बोक्ने ब्यवसायीलाई नै कारवाही गराएर सरकारलाई सहयोग गर्दै आएको विराटनगर ट्रक ब्यवसायी संघका नयाँ पदाधिकारीले कार्यभार सम्हालेका छन् ।
गत चैत २९ र ३० गते विराटनगरमा भएको ३३ औं साधारणसभा तथा १७ औं अधिवेशनबाट अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
संघको उपाध्यक्षमा अशोक पोद्दार, महासचिव रमेश श्रेष्ठ, सचिव रामचन्द्र दाहाल र कोषाध्यक्षमा खगेन्द्र सिग्देल, सदस्यहरु दिलिप धाडेवा, दिनेश सिग्देल, युवराज श्रेष्ठ, ध्रुवप्रसाद काङ्खले, वीरबहादुर गिरी, तुलसी पोख्रेल र मेघबहादुर अधिकारी निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष लोकनाथ पोखरेलले नवनिर्वाचित अध्यक्ष सिग्देललाई पदभार ग्रहण गराएका छन् ।
आङ्खनै ब्यवसायी साथीहरुले गैरकानुनी रुपमा बढी भार बोकाएका ट्रकलाई कानुनी कारवाही गराउँदै आएकाले ट्रक संघ चर्चित छ ।
स्वर्गीय बाबु कृष्णप्रसाद सिग्देलले स्थापना गरेको स्वस्तिका ट्रान्सपोर्टका संचालक युवा ब्यवसायी सिग्देल यसअघि संघको उपाध्यक्ष थिए ।
मतदान प्रक्रियाबाट उनको समिति निर्वाचित भएको हो । निर्वाचित नभएका ब्यवसायीहरुसँग समन्वय गरेर संघलाई एक ढिक्का पारेर लैजाने सिग्देलको भनाई छ ।
निर्वाचन सकिएपछि सबै ब्यवसायी एक भएकाले पक्ष बिपक्ष नहुने उनले बताए ।
पदस्थापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ब्यवसायी तथा चालकलाई सहज हुने गरी यातायात ब्यवस्था कार्यालयले सवारीचालक अनुमतिपत्रको परीक्षाको परीक्षाफल तत्कालै निकाल्ने गरेको बताए ।
मन्त्री भण्डारीले सर्वसाधारणलाई सुशासनको प्रत्याभूति गराउन प्रदेश सरकार लागि परेको बताउदै उनले यातायात ब्यवस्था कार्यालयमा हुने गरेको बिचौलियाको चलखेल अन्त्य गर्न अनलाइन प्रणाली र ई–पेमेन्ट (विद्युतीय भुक्तानी) को ब्यवस्था गर्न लागेको जानकारी दिए ।
उनले सेवा लिन यातायात कार्यालय पुग्ने सेवाग्राहीलाई कार्यालयका कर्मचारीले नै नवीकरण फारम तथा भौचर भर्ने लगायतका सबै कामहरु गरिदिने गरी एक महिना अघिदेखिख ब्यवस्था गरिएको बतँए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सेवा प्रदायक क्षेत्रमा ट्रक ढुवानी सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै खाद्यान्न लगायतका आवश्यक वस्तु ढुवानीमा ट्रकले जस्तोसुकै दुर्गममा पनि सेवा दिएको उल्लेख गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेलगायतले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिएका थिए ।
View : 59
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved