Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

उद्‌घोष सम्वाददाता
१४ असोज २०८१, सोमवार

मकवानपुर, १४ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।

आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए ।

“पहिरो पन्छाउने कार्य भइरहेको छ । तर ठूलो पहिरो खसेका कारण सम्भवतः मङ्गलबारसम्म यातायात सञ्चालन हुन सक्छ”, उनले भने ।  रासस

View : 162

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved