Biratnagar, Morang, Nepal
२७ फागुन २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीबाट ४ जनालाई ५० हजारभन्दा बढी मत

उद्‌घोष संवाददाता
२७ फागुन २०८२, बुधवार

विराटनगर । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा देशभरीका १२ जना प्रत्यक्षतर्फका उम्मेदवार ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुन सफल हुँदा कोशी प्रदेशका ४ जनाले यो आंकडा पार गरेका छन् ।

यसपटक ५० हजारभन्दा बढी मत ल्याउने सबै उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन्  । 

सबैभन्दा बढी मत रास्वपाबाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ल्याएका छन् ।  

उनले ६८ हजार ३४८ मत पाउँदा दोस्रो बढी मत  निवर्तमान उपसभामुखसमेत रहेकी इन्दिरा राना मगरले पाएकी छन् । 

झापा–२ बाट उम्मेदवार बनेकी रानाले ६० हजार ११० मत पाएकी छन् । 

सुनसरीको २ नम्बर क्षेत्रबाट विजेता बनेका रास्वपाका लालविक्रम थापाले ५७ हजार ३४८ मत प्राप्त गरेका छन् । 

त्यस्तै मोरङ ६ बाट विजेता बनेकी रुबिना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेकी छन् । 

कोशीका यी बाहेक देशभरका अरु ८ जनाले ५० हजारभन्दा बढी मत पाएर जितेका छन् । 

चितवन–३ बाट सोविता गौतमले ५९ हजार २७७ मत, डा. लेखजंग थापाले रूपन्देही–३ बाट ५८ हजार ८१४, हरि ढकालले चितवन–१ बाट ५८ हजार २०८ मत पाएका छन् ।

सुलभ खरेलले रूपन्देही–२ बाट ५६ हजार ५५०, सुनिल लम्सालले रूपन्देही–१ बाट ५४ हजार ८४५ मत पाएका छन् । त्यस्तै रवि लामिछानेले चितवन–२ बाट ५४ हजार ४०२ मत पाएका छन् । 

बदनकुमार भण्डारी काभ्रेपलाञ्चोक–२ बाट ५३ हजार ३४४ मत पाउन सफल हुँदा  राजन गौतमले नवलपुर–१ बाट ५० हजार ९४५ मत पाएका छन् ।

View : 41

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved