विराटनगर । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर लुकाइछिपाइ राखिएको १२ लाख रुपैयाँ बराबरको सयपत्री फूलका तयारी माला सशस्त्र प्रहरीले बरामद गरेको छ ।
२०८३ कात्तिक १४ गते विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विराटनगर महानगरपालिका–४ गोग्राहास्थित राधाकृष्ण कोल्ड स्टोरको खाली चौरबाट उक्त माला बरामद गरेको हो ।
भारतबाट अवैध रूपमा ल्याई लुकाएर राखिएको बजार मूल्य करिब १२ लाख रुपैयाँ बराबरको सयपत्री फूलका तयारी माला बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
बरामद मालालाई सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको उपस्थितिमा प्रचलित कानुनबमोजिम नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved