विराटनगर । मोरङ, सुनसरी र ताप्लेजुङमा भएका तीन दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
मोरङको उर्लाबारी-८ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-४० प ७८८१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।
सुनसरीको इटहरी उप-महानगरपालिका-२० कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०३० च ४६१८ नम्वरको कार अनियन्त्रित भई रुखमा ठोक्किंदा इटहरी-१ का ४० वर्षीय बिष्णु राउतको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्री सडक खण्डमा गोलिया काठ बोकेको मे.१त ७७५८ नम्वरको ट्याक्टर दुर्घटना हुँदा फाक्तालुङ-६ का २६ बर्षीय भुछिरिङ शेर्पाको घटना स्थलमा नै मृत्यु भएको जनाइएको छ ।
घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारवाही र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
View : 189
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved