Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थीलाई नेतृत्व क्षमता तालिम

उद्‌घोष संवाददाता
२६ साउन २०८२, सोमवार

विराटनगर । विराटनगर जेसीजको आयोजनामा सुरु भएको तालिम सप्ताह २०२५ को पहिलो दिनको तालिम ‘युवा २०२५’ विराटनगरस्थित सीए र एसीसीए अध्यापन हुने प्रोफेसनल केरियर एन्ड एजुकेशन विराटनगर–२ मा सम्पन्न भयो ।

प्रमुख प्रशिक्षक विराटनगर जेसीजका पूर्वअध्यक्ष तथा देशब्यापी रुपमा तालिम प्रदान गर्ने संस्था स्किल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष  सेवक बजगाईंले उपस्थित विधार्थीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए भने कार्यक्रमको संयोजक सन्तोष बास्तोला रहेका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल सीए किञ्जल पोखरेल, नेपाल जेसीजका पूर्वअध्यक्ष फूलकुमार लालवानी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सोही दिन विराटनगर नर्सिङ क्याम्पसका विधार्थीहरुका लागि हिलिङ वर्डस् : हिलिङ हर्टस् तालिम आयोजना गरिएको थियो । तालिमलाई एस्पाएर कलेजका प्रमुख चिन्तामणि बस्नेतले सहजिकरण गरेका थिए भने कार्यक्रम संयोजक जेसी सरोज पौडेल रहेका थिए ।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालको अध्यक्षतामा सम्पन्न सो  कार्यक्रममा  कोशी प्रदेशसभा सदस्य भीम पराजुली, विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

View : 421

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved