Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सुनसरीमा सेनाले सुरू गर्यो बिपद् व्यवस्थापनको पूर्व तयारी

उद्‌घोष संवाददाता
२७ जेठ २०८२, मङ्गलवार

सुनसरी । बाढी र डुबानको उच्च जोखिम रहेको सुनसरीमा नेपाली सेनाले स्थानीय तहहरूको समन्वयमा बिपद् व्यवस्थापनको लागि तयारी सुरू गरेको छ । 

यस वर्षको मनसुनमा औषत भन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएपछि सुनसरीमा पनि सम्भावित बिपद ब्यवस्थापनको लागि तयारी सुरू गरिएको नेपाली सेनाको भगवती दल गण सुनसरीका गणपति प्रमुख सेनानी राजन भुजूले जानकारी दिए । 

मनसुनको समयमा हुन सक्ने बिपद्जन्य घटना र सो को क्षतिलाई दृष्टिगत गर्दै बिपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन स्थानीय तहहरूसँगको सहकार्यमा तयारी थालिएको भुजूले जानकारी दिए ।

गणले रामधुनी नगरपालिकाको सहयोगमा जिल्लास्तरीय एकीकृत अभ्यास गरेको छ । सोमबार रामधुनी नगरपालिका–७ स्थित रास तालमा एकीकृत नमूना अभ्यास गरेको हो ।

बाढी तथा डुबानबाट नागरिकलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा नेपाली सेनाले शसस्त्र तथा जनपथ प्रहरी सम्मिलित संयुक्त नमुना अभ्यास गरेको हो । 

यसअघि गणले आइतबार सुनसरीका १२ वटै स्थानीय तहका वातावरण तथा बिपत शाखाका प्रमुखहरूलाई भेलागरी जिल्लाका सम्भावित जोखिम क्षेत्रहरूमा के कसरी काम गर्न सकिन्छ भनेर रणनीतिक योजना तयार पारेको छ । यस पटक मनसुन सुरू भैसक्दा पनि कतिपय पुलपुलेसा, बाटोघाटो निर्माणको काम नसकिने अवस्थामा छन् । यसले गर्दा स्थानीयलाई बाढी तथा डुबानको त्रास थपिएको छ । 

गत बर्ष सुनसरीका बिभिन्न स्थानीय तहमा ३ हजार बढी घरपरिवार बाढी तथा डुबानबाट प्रभावित भएका थिए । 

उनीहरूलाई विश्व खाद्य कार्यक्रमको सहयोगमा स्थानीय तहहरूले राहत बितरण गरेका थिए ।

View : 256

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved