Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सहकारीको बजेट तर्जुमा तालिम

१६ माघ २०८०, मङ्गलवार

इनरुवा । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशले पाँचदिने ‘विधि व्यवस्थापन, वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा तालिम’ सोमबारबाट इनरुवामा सुरु गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लाका सहकारीबाट २५ जना सहभागी रहेको तालिममा प्रदेश सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, सहकारी प्रशिक्षक अधिकृत मनोज कार्कीले प्रशिक्षण दिने छन् । 

कोशी प्रदेशमा रहेका चार हजार ९ सय १३ सहकारी मध्ये एक हजार ७७ प्रदेश सहकारी रजिष्ट्रार कार्यालय मातहत छन् । एक भन्दा बढी पालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरु मात्र प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले हेर्ने र एक मात्र  पालिका कार्य क्षेत्र भएका सहकारीको स्थानीय तहले नै हेर्ने तालिम शाखा अधिकृत हर्कुलस पोखरेलले बताए ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय वर्षभरीमा २९ वटा तालिम कक्षाको कार्ययोजना बनाई अगाडि बढेको पोखरेलले बताए । सो अनुसार  कोपोमिस तालिम ५ वटा, लेखा ४, व्यवस्थापन ३, विधि व्यवस्थापन बजेट तर्जुमा २, व्यवसायिक योजना ३, सहकारी सचेतना ४, नेतृत्व विकास १, पल्स तथा अभिलेख व्यवस्थापन ३, मागमा आधारित तालिम ३, स्थानीय तहका कर्मचारीका लागि पाँच दिनने  लेखा व्यवसायिक तालिम एउटा छन् ।

यी तालिममा करिव एक हजार सहकारीका सदस्यहरु सहभागी हुने छन् । यस्ता तालिम खासगरी तीन देखि फाँचदिने हुने गरेको छ । यसका अतिरिक्त स्थानीय तहमा एक दिने गोष्ठी अन्तर्गत कम्तिमा ६ वटा स्थानीय तहमा कार्यत्रम गरिने योजना प्रदेश कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत योजना बनाएर रातो कितावमा नै प्रकाशित छ ।

View : 317

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved