विराटनगर । स्थापनाको ६ महिनामै राष्ट्रिय दल बनाउ“दै आफ्नो पार्टीलाई मुलुककै पा“चौ ठूलो दल बनाउन सफल देखिएका हर्क साम्पाङले छोटो समयमै श्रम संस्कृतिलाई देशैभरि पुर्याउने सफलता पनि पाएका छन् ।
श्रम संस्कृति पार्टीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ७७ जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको निर्वाचन परिणामले देखाएको छ ।
सुदुरपूर्वको धरानमा ६ महिना अघिमात्रै जग हालिएको यो पार्टीले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवारी दिएको थियो ।
समानुपातिक मतको नतिजाअनुसार श्रम संस्कृतिले मुलुकभरिका सबै निर्वाचन क्षेत्रबाट मत पाएको छ । प्रत्यक्षतर्फ तीन क्षेत्र जितेको र समानुपातिकतर्फबाट थप ४ जना सांसद पाएकोे छ ।
मुलुकका ७ प्रदेशबाट श्रम संस्कृति पार्टीले कूल ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको छ । प्रदेशगत रूपमा पार्टीले सबैभन्दा धेरै मत कोशी प्रदेशबाट प्राप्त गरेको छ ।
कोशीका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रबाट पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ । ताप्लेजुङमा ८ हजार ६९८ मत, पा“चथरमा १८ हजार ३६८ मत प्राप्त भएको छ ।
इलामका दुई निर्वाचन क्षेत्रमा क्रमशः १६ हजार ५५० र १७ हजार ४८२ मत आएको छ । झापाका पा“च निर्वाचन क्षेत्रमा क्रमशः १० हजार ४०, ७ हजार ९००, ८ हजार ३०१, ८ हजार ४११ र १० हजार ६७३ मत प्राप्त भएको छ । संखुवासभामा १० हजार ६७३ मत, तेह्रथुममा ६ हजार ६६४ मत, भोजपुरमा १६ हजार १५० मत र धनकुटामा १३ हजार ९६० मत आएको छ ।
मोरङका ६ निर्वाचन क्षेत्रमध्ये मोरङ–१ मा १७ हजार ५७० मत, मोरङ–२ मा २ हजार ४४० मत, मोरङ–३ मा १८ हजार ४८५ मत, मोरङ–४ मा १ हजार ४३० मत, मोरङ–५ मा ५२२ मत र मोरङ–६ मा ३ हजार ७५४ मत प्राप्त भएको छ ।
सुनसरीका चार निर्वाचन क्षेत्रमा सुनसरी–१ मा ३२ हजार २३० मत, सुनसरी–२ मा ७ हजार ९९७ मत, सुनसरी–३ मा २ हजार २०३ मत र सुनसरी–४ मा ३ हजार २६४ मत आएको छ ।
यस्तै सोलुखुम्बुमा ६ हजार ८६८ मत, खोटाङमा १८ हजार १३७ मत, ओखलढुंगामा ४ हजार ६२५ मत यो पार्टीलाई प्राप्त भएको छ ।
उदयपुरका दुई निर्वाचन क्षेत्रमा उदयपुर–१ मा १२ हजार २९६ मत र उदयपुर–२ मा ४ हजार ९९२ मत आएको छ । यीमध्ये सबैभन्दा धेरै मत सुनसरी–१ मा ३२ हजार २३० पाएको छ ।
कोशीपछि श्रम संस्कृतिले वागमती प्रदेशबाट दोस्रो धेरै मत पाएको छ । वागमतीका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्रबाट यो पार्टीले ३१ हजार ५३९ मत प्राप्त गरेको छ ।
दोलखामा ८२८ मत, रामेछापमा १ हजार ५८७ मत पाएको श्रम संस्कृतिले सिन्धुलीका दुई निर्वाचन क्षेत्रमा सिन्धुली–१ मा २ हजार ४६१ र सिन्धुली–२ मा ८१२ मत पाएको छ ।
रसुवामा ८१२ मत पाएको उसले धादिङ–१ मा ४५२ र धादिङ–२ मा ८०३ मत प्राप्त गरेको छ । नुवाकोट–१ मा ६०७ र नुवाकोट–२ मा ६९७ मत पाएको छ ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा क्रमशः काठमाडौं–१ मा ७८४, काठमाडौं–२ मा ८७७, काठमाडौं–३ मा ९३५, काठमाडौं–४ मा १ हजार १८८, काठमाडौं–५ मा १ हजार १६९, काठमाडौं–६ मा ६७७, काठमाडौं–७ मा ७६३, काठमाडौं–८ मा ५६९, काठमाडौं–९ मा ५२८ र काठमाडौं–१० मा ७७६ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ । भक्तपुर–१ मा ५५० र भक्तपुर–२ मा १ हजार ७५ मत आएको छ ।
ललितपुर–१ मा ४७०, ललितपुर–२ मा १ हजार १५८ र ललितपुर–३ मा २ हजार १६९ मत प्राप्त भएको छ ।
काभ्रे–१ मा ६१० र काभ्रे–२ मा ७३४ मत पाएको यो दललाई सिन्धुपाल्चोक–१ मा ५६७ र सिन्धुपाल्चोक–२ मा ३९२ मत प्राप्त भएको छ ।
मकवानपुर–१ मा १ हजार ६२४ र मकवानपुर–२ मा १ हजार ४६७ मत आएको छ । चितवन–१ मा १ हजार ५४७, चितवन–२ मा १ हजार १४९ र चितवन–३ मा १ हजार २५३ मत प्राप्त भएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रबाट पार्टीले २३ हजार ५०३ मत पाएको छ । गुल्मी–१ मा ७४९ र गुल्मी–२ मा १८७ मत आएको छ ।
पाल्पा–१ मा १ हजार ७९५ र पाल्पा–२ मा १ हजार ७६३ मत प्राप्त भएको छ । अर्घाखा“चीमा ५७२ मत आएको छ । त्यस्तै रुपन्देही–१ मा २ हजार ५०४, रुपन्देही–२ मा २ हजार ३२४, रुपन्देही–३ मा १ हजार ४०५, रुपन्देही–४ मा ८० र रुपन्देही–५ मा २ हजार ४३ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ ।
कपिलवस्तु–१ मा ८८६, कपिलवस्तु–२ मा २०९ र कपिलवस्तु–३ मा ३६३ मत आएको छ । रुकुम पूर्वमा ३६३ मत, रोल्पामा ७८८ मत र प्यूठानमा ९५५ मत प्राप्त भएको छ ।
दाङका तीन निर्वाचन क्षेत्रमा दाङ–१ मा ७०८, दाङ–२ मा ८७१ र दाङ–३ मा ४७७ मत आएको छ । बाँके–१ मा ६११, बाँके–२ मा २९९ र बाँके–३ मा ५८५ मत उसलाई प्राप्त भएको छ ।
बर्दिया–१ मा ५०६ र बर्दिया–२ मा ५७१ मत पाएको श्रम संस्कृतिले नवलपरासी (बर्दघाट सुस्तपश्चिम)–१ मा ८९५ र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)–२ मा १ हजार १८० मत पाएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रबाट श्रम संस्कृतिले १८ हजार ९९५ मत प्राप्त गरेको छ । गोरखा–१ मा ४८६ र गोरखा–२ मा ६९६ मत पाएको श्रम संस्कृतिले मनाङमा ८३ मत प्राप्त गरेको छ ।
लमजुङमा १ हजार १३७ पाएको यो पार्टीलाई कास्की–१ मा १ हजार ५८४, कास्की–२ मा १ हजार ६६ र कास्की–३ मा ९१४ मत प्राप्त भएको छ ।
तनहु“–१ मा १ हजार ५३२ र तनहुँ–२ मा १ हजार ३४४ मत पाउँदा स्याङ्जा–१ मा ९५७ र स्याङ्जा–२ मा १ हजार ९ मत प्राप्त भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा २ हजार २५३ र २ मा १ हजार ९७६ मत आएको छ । मुस्ताङमा १ हजार ९७६ मत, म्याग्दीमा १ हजार ७१५ मत प्राप्त भएको छ । बाग्लुङ–१ मा ८०४ र बाग्लुङ–२ मा ७६२ मत आएको श्रम संस्कृतिलाई पर्वतमा ७६२ मत प्राप्त भएको छ ।
मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीले ९ हजार ८५४ मत पाएको छ । सप्तरी–१ मा उसलाई २५३, सप्तरी–२ मा १५७, सप्तरी–३ मा १९० र सप्तरी–४ मा २२२ मत आएको छ ।
सिराहा–१ मा २५५, सिराहा–२ मा ३१७, सिराहा–३ मा ३९० र सिराहा–४ मा १४४ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ ।
त्यस्तै धनुषा–१ मा ५४०, धनुषा–२ मा २१, धनुषा–३ मा ३६३ र धनुषा–४ मा ५१८ मत आएको छ । महोत्तरी–१ मा १ हजार ३०८, महोत्तरी–२ मा ३२८, महोत्तरी–३ मा ७४ र महोत्तरी–४ मा २४ मत प्राप्त भएको छ ।
सर्लाही–१ मा ८०१, सर्लाही–२ मा ५३, सर्लाही–३ मा ८७१ र सर्लाही–४ मा २७ मत आएको छ । रौतहट–१ मा ४५, रौतहट–२ मा १८, रौतहट–३ मा १७९ र रौतहट–४ मा ५०६ मत पाएको छ ।
बारा–१ मा ५९२, बारा–२ मा ६५, बारा–३ मा २९६ र बारा–४ मा ४४९ मत आएको छ । पर्सा–१ मा १६४, पर्सा–२ मा १४८, पर्सा–३ मा ३३३ र पर्सा–४ मा २०३ मत प्राप्त भएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रबाट श्रम संस्कृतिले ५ हजार ३०५ मत पाएको छ । कैलाली–१ मा १ हजार ५४, कैलाली–२ मा ५७१, कैलाली–३ मा ४४५, कैलाली–४ मा ७२४ र कैलाली–५ मा ६६७ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ ।
दार्चुलामा ५८, बैतडीमा ६०, डडेलधुरामा २३२ मत आएको छ । कञ्चनपुर–१ मा ७९३, कञ्चनपुर–२ मा २८८ र कञ्चनपुर–३ मा २१८ मत प्राप्त भएको श्रम संस्कृतिलाई बझाङमा ४७, बाजुरामा २५, डोटीमा ८५, अछाम–१ मा २० र अछाम–२ मा १८ मत आएको छ । सबैभन्दा कम मत भने अछाम–२ मा १८ र रौतहट–२ मा १८ मत नै पाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट पार्टीले ४ हजार ६५७ मत प्राप्त गरेको छ । सल्यानमा ३१२ मत, डोल्पामा ७२ मत, मुगुमा ३९ मत प्राप्त भएको छ ।
जुम्लामा २०० मत, कालिकोटमा ३६ मत र हुम्लामा ३० मत आएको छ । जाजरकोटमा ९२ मत प्राप्त भएको छ । दैलेख–१ मा ३६७ र दैलेख–२ मा ५४ मत आएको छ । सुर्खेत–१ मा ९५२ र सुर्खेत–२ मा २ हजार २७१ मत प्राप्त भएको छ । रुकुम पश्चिममा २३२ मत आएको छ ।
श्रम संस्कृतिलाई सबैभन्दा कम मत कर्णाली प्रदेशबाट आएको छ । निर्वाचन आयोगका अनुसार कोशी र वागमती प्रदेशपछि श्रम संस्कृतिलाई लुम्बिनीबाट तेस्रो धेरै मत प्राप्त भएको छ ।
चौथो धेरै मत गण्डकीबाट पाएको यो दलले पाँचौ धेरै मत मधेशबाट पाएको छ । छैटौं धेरै मत सुदूरपश्चिमबाट पाएको श्रम संस्कृतिले सबैभन्दा कम मत कर्णाली प्रदेशबाट पाएको छ ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य समीरले तामाङ पार्टी स्थापनाको छोटो समयमै ७७ जिल्लाका १६५ वटै क्षेत्रबाट धेरथोर मत आउनुले पार्टी देशभर फैलने क्रममा रहेको देखिएको बताएका छन् ।
‘सुदुर पूर्वमा जग हालेको हाम्रो दलले देशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा उपस्थिति दर्शाउनुलाई उपलब्धि मानेका छौं,’ उनले भने ‘यसले हामीलाई उत्साही बनाएको छ ।’
View : 40
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved