Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा एमाले मोरङ १० औं अधिवेशन

उपमेयर कार्कीले अन्तिम समयमा फेरिन् कित्ता

स्रोतका अनुसार, कार्कीलाई विभिन्न प्रकारको दवाव दिएर संस्थापन पक्षबाट उम्मेदवारी दिन बाध्य पारिएको हो ।
उद्‌घोष सम्वाददाता
१९ फागुन २०८१, सोमवार

उपसचिवमा उम्मेदवारी दिएकी विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की ।

विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले जारी नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा अन्तिम समयमा आएर कित्ता परिवर्तन गरेकी छन् । उनले संस्थापन पक्षबाट उपसचिवको उम्मेदवारी दिएकी छन् । 

स्रोतका अनुसार, कार्कीलाई विभिन्न प्रकारको दवाव दिएर संस्थापन पक्षबाट उम्मेदवारी दिन बाध्य पारिएको हो । सर्वसम्मती भए जुनसुकै पदको जिम्मेवारी आफू लिन तयार रहेको बताउँदै आएकी कार्कीलाई चुनावी प्रतिष्पर्धामा धकेलेपछि उनी प्रतिनिधिसँग मत नमागी बसेकी छन् ।

कार्कीलाई पार्टीभित्रको विनोद ढकाल समूहले आफ्नो पक्षको रुपमा दावी गर्दै आएको थियो । उनी सोमबार बिहानसम्म पनि ढकाल समूहकै टिममा बसेर छलफलमा सहभागी थिइन् । उनले कुनै पनि हालतमा संस्थापन पक्षको उम्मेदवार नबन्ने आफ्नै अडानविपरीत उम्मेदवारी दिएकी हुन् ।   

नेकपा एमाले मोरङको १० औं अधिवेशन विराटनगरको होटल मनास्लुमा जारी छ । जिल्ला कमिटीको १६५ सदस्यका लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ सहित पाँच जना पदाधिकारी निर्वाचित हुँदैछन् ।

निर्वाचनमा एमालेभित्रको संस्थापन र इतर दुवैले अध्यक्षदेखि सदस्यसम्म उम्मेदवारी दर्ता गरेका छन् । संस्थापनबाट राजकुमार ओझा र इतर समूहअन्तर्गत विनाद ढकालले नेतृत्व गरेको समूहबाट अजम्बर राईले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै, ढकाल समूहबाट अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।

View : 1242

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved