Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रघुवंशी भण्डारी सेवा समाज कोशीमा बाबुराम

उद्‌घोष संवाददाता
१९ जेठ २०८२, सोमवार

सुनसरी। रघुवंशी भण्डारी सेवा समाज नेपालको प्रथम कोशी प्रदेश अधिवेशन सुनसरीको बराहक्षेत्रमा  सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनले बाबुराम भण्डारी अध्यक्ष रहेको १९ सदस्यीय कोशी प्रदेश कार्यसमिति गठन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको  वरिष्ठ उपाध्यक्षमा  उदयचन्द्र भण्डारी, उपाध्यक्ष  हिक्मत भण्डारी, महासचिव नरबहादुर भण्डारी, सचिव मदन भण्डारी, कोषाध्यक्ष नीरबहादुर भण्डारी र सहकोषाध्यक्षमा  अर्जुन भण्डारी छन् ।

कार्यसमिति सदस्यहरुमा  भक्तबहादुर भण्डारी,  लोकेन्द्र भण्डारी,  साबित्रा भण्डारी,  शंकर भण्डारी, भगवती भण्डारी,  चहकबहादुर भण्डारी, राजकुमार भण्डारी र गणेश भण्डारी चयन भएको सन्तोष भण्डारी ( डोरामारी) ले जानकारी   दिए ।

अधिवेशनले चयन गरेको सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। 

कार्यक्रमको उद्‌घाटन सत्रमा आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

View : 806

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved