उदयपुर । उदयपुरको बेलका नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।
बेलका नगरपालिका–६ सुकुम्बा निवासी ७३ वर्षीय रनध्वज राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार पसलबाट सामान लिएर घर फर्किने क्रममा राईलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
View : 9
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved