Biratnagar, Morang, Nepal
२९ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

२५६९औं बुद्ध जयन्ती

विराटनगरमा बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन

उद्‌घोष सम्वाददाता
२८ वैशाख २०८२, आइतवार

विराटनगर । भगवान गौतम बुद्धको २५६९औं  जयन्तीको पावन अवसरमा आइतबार साँझ विराटनगरको महेन्द्र चोकमा भव्य दीप प्रज्वलन कार्यक्रम आयोजना गरियो।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद विराटनगर महानगर कमिटीको अगुवाइमा नेपाल तामाङ घेदुङ्ग, नेपाल मगर संघ, थारु कल्याणकारी सभा र नेपाल शेर्पा संघले संयुक्त रूपमा यो विशेष कार्यक्रमको आयोजना गरेका थिए।

साँझको रमणीय वातावरणमा आयोजित दीप प्रज्वलन कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका अभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। बत्तीहरूको झिलिमिलीले महेन्द्र चोकको वातावरणलाई शान्तिमय र आध्यात्मिक बनाएको थियो। सहभागीहरूले बुद्धको शान्ति र अहिंसाको सन्देशलाई स्मरण गर्दै दिप प्रज्वलन गरेका थिए।

View : 158

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved