Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

उद्‌घोष संवाददाता
२४ फागुन २०८२, आइतवार

सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका हुन् ।

नेकपा एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८, रास्वपाका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२, श्रम संस्कृति पार्टीका बिएस राईले ३ हजार ३६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ मत खसेको थियो ।

View : 58

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved