Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

पुँजी बजारबारे युवा तथा विद्यार्थीलाई सचेतना

उद्घोष सम्वाददाता
२४ वैशाख २०८१, सोमवार

विराटनगर । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पुँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । 

शुक्रबार उदयपुरको गाईघाटमा पुँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पुँजीबजारको सम्भावना र चुनौतिका विषयमा जानकारी गराएको हो । 

संस्थागत सामाजिक उक्तरदायित्व सचेतना कार्यत्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्रालीले जनाएको छ । 

कार्यक्रममा शेयरबजारका विभिन्न पक्षका बारेमा युवा लगानीकर्ता तथा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए । 

कार्यक्रममा उदयपुरका युवालगानीकर्ताहरू र  वरुवा क्याम्पसका विद्यार्थीहरूको सहभागिता थियो । 

View : 68

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved