Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पताललाई माहेश्वरी महिलाको नौ थान डस्टबिन सहयोग

उद्‌घोष संवाददाता
१३ फागुन २०८१, मङ्गलवार

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई नौ थान फलामको डस्टबिन प्रदान गरेको छ । अस्पतालको फोहोर व्यवस्थापन गर्न एसियन थाइ फुड्स प्रालिले ढक्कनसहितको फलामे डस्टविन अस्पताललाई प्रदान गरेको हो ।

माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले मंगलबार कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुना झालाई उक्त डस्टविन हस्तान्तरण गरे ।

अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनकी संरक्षक रतनीदेवी काबरा प्रमुख अतिथि रहेको कार्यक्रममा सोही  संगठनकी पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडा, माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गोमती राठी, नरसेवा नारायण सेवाका अध्यक्ष पृथ्वी अग्रवाल, नेपाल माहेश्वरी संगठनका उपाध्यक्ष उद्योगी आनन्द जाजुलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक बिन्दु अटलले जानकारी दिइन् ।

View : 527

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved