Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

दुईदिने साउन मेला सुरु

उद्‌घोष संवाददाता
१३ असार २०८२, शुक्रवार

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा दुई दिने साउन मेला शुक्रबार विराटनगरमा सुरु भएको छ । मेलाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् ।

अतिथि सदनको शिवकुञ्ज हलमा सुरु भएको दुई दिने साउन मेलामा खाद्य, कपडा, बेकरी, ज्वेलरी तथा घरका लागि उपयोगी विभिन्न सामग्रीहरूको स्टल राखिएको छ । मेलामा साँझ नृत्य तथा सांगीतिक कार्यक्रम पनि हुने आयोजक माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष ललिता जाजूले जानकारी दिइन् ।

मेला उद्घाटन कार्यक्रममा विराटनगर माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, अखिल भारत वर्षीय महेश्वरी महिला संगठन पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडालगायतले शुभकामना दिएका थिए । कार्यक्रममा अखिल भारत वर्षीय महेश्वरी महासभाका सदस्य बजरंग बाहेती, नेपाल माहेश्वरी परिषद् पूर्वाञ्चल उपाध्यक्ष आनन्द जाजूलगायतको उपस्थिति रहेका थियो ।

 

View : 715

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved