Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङले ल्यायो ३८ करोडको नीति तथा कार्यक्रम

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले ३८ करोड रुपैयाँको वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।

क्याम्पस व्यवस्थापन समितिले आव २०८१–८२ को बजेटको नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरेको बजेट समितिका संयोजक डा मोहन सुवेदीले जानकारी दिए । 

नीति तथा कार्यक्रममा क्याम्पसको गुणस्तर तथा प्रत्यायन (क्यूएए) लाई प्रमुख प्राथमिकतामा राखिएको क्याम्पस प्रमुख डा रामावतार शरणले बताए ।  

प्रस्तावित बजेटमा त्रिविबाट नियमित निकासा १५ करोड, आन्तरिक आयबाट १६ करोड र  बाँकी ७ करोड संघीय, प्रदेश, स्थानीय सरकारका साथै विश्वविद्यालय अनुदान आयोगबाट अनुदानस्वरुप प्राप्त गर्ने अपेक्षा गरिएको डा सुवेदीले बताए । 

नीति तथा कार्यक्रमले क्यूएएलाई मूर्त रुपमा पुर्‍याउन प्राथमिकता राखेको जनाइएको छ । क्याम्पसले क्यूएएको तीन चरण पूरा गरिसेको छ ।

यसैक्रममा कार्य प्रणालीमा डिजिटलाइसन अन्तर्गतका अटोमेशन, प्रत्येक वर्ष एक संरचना निर्माण तथा क्याम्पसमा कार्यरत आंशिक शिक्षक तथा कर्मचारीलाई करार गद लैजाने फक्रियालाई नीति तथा कार्यत्रममा प्राथमिकताको साथ राखिएको जनाइएको छ ।

बजेटका नीति तथा कार्यक्रमहरूलाई २० बुँदामा राखी प्रस्तुत गरिएको छ । 

क्याम्पसको निरन्तर प्रगति र उन्नयनका लागि सवै सरोकारवालाहरुलाई सक्रिय गराउने गरी क्याम्पस अगाडि बढ्ने गरी बजेट केन्द्रित गर्ने प्रस्ताव गरिएको प्रमुख डा शरणले बताए ।

पारदर्शिता र सकारात्मक कार्यलाई अगाडि बढाउन नीति तथा कार्यक्रम सार्वजनिक गरिएको डा शरणले बताए । क्याम्पसको आधिकारिक सार्वजनिक सञ्जाल फेसबुकमार्फत आव २०८१–८२ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

View : 105

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved