Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उदयपुरको गाईघाटका ३० वर्षीय अमृत झा इरानी सुरक्षा फौजको नियन्त्रणमा

झा करिब दुई वर्षअघि रोजगारीका लागि दुबई गएका थिए । उनी त्यहाँको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा कार्यरत रहँदै आएका थिए । अमृतका भिनाजु राजेश झाले पनि अमृतको पछिल्लो अवस्था थाहा नभएको जानकारी दिए । उनले अमृतको रिहाईका लागि तत्काल पहल गरिदिन सरकारसँग माग गरेका छन् ।
उद्‌घोष संवाददाता
७ चैत २०८२, शनिवार

विराटनगर । इरान प्रभावित हर्मुज जलघाटी क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाटका ३० वर्षीय अमृत झाको पछिल्लो अवस्थाबारे परिवारका सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।

परिवारिक स्रोतका अनुसार झा तेल बोक्ने जहाजमा कार्यरत थिए । सोही क्रममा उनी हर्मुज क्षेत्र पुगेका थिए । झासहित इरानी सुरक्षा बलको नियन्त्रणमा केही भारतीय समेत रहेको जनाइएको छ ।

उनकी दिदी पूजा झाले केही दिनअघि नचिनिने ह्वाट्सएप कलमार्फत ‘भ्वाइस मेसेज’ बाट आफ्नो भाइले इरानी सेनाको कस्टडीमा रहेको जानकारी गराएको बताएकी छन् ।

उक्त मेसेजमा भाइले आफू पक्राउ परेको र अरू भारतीय नागरिक पनि नियन्त्रणमा रहेको सुनाएका थिए । त्यसयता उक्त नम्बरमा सम्पर्क स्थापित नभएको पनि पूजाले बताइन् ।

भाईले पछिल्लो पटक जनवरी १२ मा इरानमा काम सकेर छिट्टै नेपाल फर्किने बताएको उनले जानकारी दिइन् । तर इरानी सुरक्षाकर्मीको नियन्त्रणमा पुगेयता भने भाईको अवस्था थाहा नभएको उनले बताइन् । 

झा करिब दुई वर्षअघि रोजगारीका लागि दुबई गएका थिए । उनी त्यहाँको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा कार्यरत रहँदै आएका थिए ।

अमृतका भिनाजु राजेश झाले पनि अमृतको पछिल्लो अवस्था थाहा नभएको जानकारी दिए । उनले अमृतको रिहाईका लागि तत्काल पहल गरिदिन सरकारसँग माग गरेका छन् । 

घटनापछि परराष्ट्र मन्त्रालयले एक नेपाली नागरिक इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको पुष्टि गरिसकेको छ । तर मन्त्रालयले सवै विवरण भने खुलाएको छैन ।

जारी युद्धका कारण हर्मुज जल क्षेत्रमा फसेका श्रमिकहरूको अवस्था केही समययता जटिल बनिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलाएका छन् । 

View : 178

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved