Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा प्रदेश समिति बैठक

मुकुललाई फिर्ता ल्याउन माग गर्ने कोशी प्रदेश सभापति तिम्सिनालाई कारवाही गर्ने प्रयास असफल

उद्‌घोष संवाददाता
२९ पुष २०८१, सोमवार

Advertisement

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगद्वारा कोशी प्रदेशका सभापति राजेश तिमल्सिनाविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन आइतबार बोलाइएको बैठक कोरम नपुगेपछि बैठक नै रद्द भएको छ । 

मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश कमिटीको बैठक बोलाएको थियो । 

इटहरीको दुर्गा पार्टी प्यालेसमा बोलाइएको बैठकमा नगन्य सदस्य आएपछि बैठक सम्पन्न गर्न आएका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटा रित्तै फर्किएको बुझिएको छ ।

स्रोतका अनुसार, ६२ सदस्यीय प्रदेश कमिटीका केवल १३ सदस्य मात्र बैठकमा उपस्थित थिए । त्यस्तै, पाँच सदस्यीय कार्यसम्पादन समितिका केवल दुई सदस्यहरू उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापामात्र बैठकमा सहभागी भएको बताइएको छ ।

बैठक सुरु गर्न तोकिएको समयभन्दा ४० मिनेट ढिला गरी उपस्थित सदस्यहरूको प्रतिक्षा गरिएको भएपनि आवश्यक कोरम नपुगेपछि बैठक रद्द गर्नुपरेको आयोजकहरूले जनाएका छन् । स्रोतका अनुसार, प्रदेश समिति सदस्यहरूको न्यून उपस्थिति रहेपछि इटहरी नगर समितिका वडा सभापतिहरूलाई बैठकमा बोलाइएको थियो ।

यो घटनाले कोशी प्रदेश कमिटी र रास्वपाभित्रको व्यवस्थापन र आन्तरिक नेतृत्वमा देखिएको चुनौतीलाई उजागर गरेको बताइन्छ । मुकुल ढकालको पदमुक्ति र त्यसपछि उठेका विवादहरूका कारण पार्टीभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ ।

रास्वपाले यो घटनाबारे र आगामी कदमका सम्बन्धमा औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । तर, आइतबारको बैठक रद्द भएपछि तिमल्सिना विरुद्धको कारवाही प्रक्रिया अनिश्चित बनेको भनेको देखिन्छ ।

यो पनि,

डा. मुकुलका पक्षमा उभिए रास्वपा कोशी सभापति तिम्सिना, मुकुल पनि रविप्रति नरम हुँदै

View : 575

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved