Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सार्वजनिक यातायातलाई सुरक्षित र सेवाग्राहीमैत्री बनाउन छलफल

उद्‌घोष संवाददाता
२६ चैत २०८२, बिहिवार

सुनसरी । कोशी प्रदेसमा सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउन सरोकारवाला निकायबाट पहल गरिने भएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजनामा बुधबार सम्पन्न सरोकारवालाहरूको छलफलमा यस्तो पहल गर्ने प्रतिबद्धता जनाइएको हो । 

छलफल कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा नियन्त्रणका लागि प्रविधिको प्रयोगबारे केन्द्रित रहेको थियो ।

विशेषगरी सवारी साधनमा सीसीटीभी जडान गर्ने, राइड–सेयरिङ एपमार्फत एसओएस बटनको व्यवस्था गरी आकस्मिक तथा जोखिमपूर्ण अवस्थाको सूचना तत्काल प्रहरीसम्म पु¥याउने विषयमा छलफल गरिएको थियो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता प्रविधिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूले बताएका छन् । 

कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूबीच अनुभव आदान–प्रदान र सुझाव संकलन गरिएको थियो । 

कार्यक्रममा यातायात व्यवसायी राष्टिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठ, कोशी बस ब्यवशायी संघका कार्यबहाक अध्यक्ष राजमणी निरौला, सुनसरी ट्याक्सी व्यवसायी संघका अध्यक्ष सुरज शाक्य लगायतले सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउन ब्यवसायीको मात्र भर नगरेर सबैको सहकार्य हुनपर्ने बताए । 

कार्यक्रमबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजानको लागि माथिल्लो निकायमा पठाइने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक सन्तोष श्रेष्ठले बताए ।

View : 107

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved