Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

नायक विनोद श्रेष्ठलाई पितृशोक

८ कार्तिक २०८२, शनिवार

विराटनगर ।  नेपाली चलचित्र ‘म पर्खिरहन्छु’ का नायक, ‘गोठालो’ र ‘छोरी बुहारी’ लगायत चलचित्रमा समेत अभिनय गरेका कलाकार, मैथिली गीतकार विनोद श्रेष्ठलाई पितृशोक परेको छ । नायक श्रेष्ठका पिता मिश्रीलाल  श्रेष्ठको ७८ वर्षको उमेरमा नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार निधन भएको हो । उनलाई हृदय तथा दमरोगको समस्या थियो । 

स्वर्गीय श्रेष्ठको  विराटनगर हाटखोलास्थित परमविश्रान्ति घाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा कलाकार केशव रायमाझी, प्रमोद श्रेष्ठ, गायक प्रवलदीप विश्वास, गायक विभूतिराज कोइराला, मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरण, सहायक प्रमुखद्वय डा सुशील अधिकारी र रवि रोका, राष्ट्रिय सहकारी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा डिल्ली पोखरेल, व्यवस्थापन विज्ञ डा उद्धव पोखरेल, त्रिवि प्राध्यापक संघ मोरङ क्याम्पस सभापति नवीन अधिकारी लगायतले स्वर्गीय श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

स्वर्गीय श्रेष्ठका दुई छोरा क्षेत्रबहादुर (मिर्चैंया) र नायक विनोद, दुई छोरी हरिवदन (गाईघाट), शकुन्तला (लहान) छन् ।  नायक श्रेष्ठको आमा जीरकुमारीको गत अशोक २५ गते प्रथम वार्षिक श्राद्ध गरिएको थियो ।  
 

View : 879

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved