विराटनगर । विराटनगर–१३ स्थित सिद्धेश्वर महादेव शिवालय सेवा समिति नागरिक समाजको आयोजनामा शनिबारदेखि मन्दिर परिसरमा सातदिने योग शिविर सुरु भएको छ ।
सिद्धेश्वर मन्दिरका अध्यक्ष शुक्र पोखरेलले दीप प्रज्वलन गरेर उद्घाटन गरिएको योग शिविरमा योग प्रशिक्षक मात्रिका घिमिरेले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
नागरिक समाज अभियन्ता छाला विशेषज्ञ आकाश अग्रवालको अग्रसरतामा योग शिविरको सञ्चालन गरिएको जनाइएको छ ।
सो योग शिविरको उद्घाटनमा समाजका पुष्प खनाल, पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेशकुमार अग्रवाल, माया भट्टराई, महिला पतञ्जलि योग समिति मोरङ अध्यक्ष लक्ष्मी चौधरी, पतञ्जलि योग महानगर समिति बिराटनगर अध्यक्ष शिल्पा प्याकुरेल, सचिव प्रह्लादप्रसाद दंगालले गरेका हुन् ।
त्यसैगरी सचिब अञ्जना थापा, सदस्य चक्र लुइटेल, वडा नं ४ की योग संयोजक दुर्गा पौडेल खतिवडा, योग शिक्षकहरु सानु श्रेष्ठ, हेमप्रसाद खतिवडा, नीलम श्रेष्ठ, यसोदा मैनाली, चुडामणि खतिवडा, सञ्जय साह, हरि भट्टराईले सहभागीलाई योग प्रशिक्षणमा सहजीकरण गरेका थिए ।
View : 564
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved