Biratnagar, Morang, Nepal
२२ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

कर योजना तथा वित्तीय व्यवस्थापन सम्बन्धी सेमिनार सञ्चालन

उद्‌घोष सम्वाददाता
२२ वैशाख २०८२, सोमवार

इटहरी । शैक्षिक परामर्शका क्षेत्रमा काम गर्दै आएको नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चलले आफना सदस्यहरूका लागि कर योजना तथा वित्तीय व्यवस्थापन सम्बन्धी सेमिनार गरेको छ ।

सुनसरीको इटहरीमा आयोजित सेमिनारमा इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले कर योजना तथा वित्तीय व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । 

उनले राज्यको नीति नियम पालना गर्दै शैक्षिक परामर्शको क्षेत्रलाई अझ व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिए ।  

इक्यान केन्द्रका कोषाध्यक्ष आशीष कार्कीले करसम्बन्धी नियम, प्रक्रिया र व्यावहारिक पक्षहरूका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । 

कार्यक्रममा इक्यानका केन्द्रीय महासचिव दिपकराज भुसालले इक्यानले आफना सदस्यहरूको हितमा सदैव काम गर्दै आएको जानकारी गराएका थिए । 

कार्यक्रममा इक्यान पूर्वाञ्चलका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रविन्द्र निरौलाले दर्ता बिना शैक्षिक परामर्शका क्षेत्रमा काम गर्नेहरूले बढी पैसा असुल्ने गरेको गुनासोहरू आइरहेकाले त्यसलाई व्यवस्थित बनाउन केन्द्रले समन्वय गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा इक्यान पूर्वाञ्चलमा थपिएका १४ जना नयाँ सदस्य संस्थालाई सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो ।

View : 13

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved