सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् ।
हालै सम्पन्न अधिवेशनबाट नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको अध्यक्षमा डिल्ली ढकाल, उपाध्यक्षमा दुर्गा भट्टराई, सचिवमा दावा तामाङ, उप–सचिवमा खगेन्द्र लिम्बू र राजेन्द्र धमला लगायत विजयी भएका थिए ।
एमाले केन्द्रीय सदस्य नैनाकला ओझाको प्रमुख आतिथ्यतमा नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका हुन् ।
View : 59
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved