लेखनाथ योग साधना केन्द्रको वार्षिकोत्सव:
विराटनगर । विराटनगर–१२ स्थित लेखनाथ वाचनालय योग साधना केन्द्र ले आफ्नो वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ। सो अवसरमा योग क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा कोशी प्रदेशसभा सदस्य भीम पराजुली, पतञ्जली योग समिति (पयोग) मोरङका अध्यक्ष सुरेश अग्रवाल, महिला पयोस मोरङ उपाध्यक्ष शारदा थापा, पयोग विराटनगर महानगर अध्यक्ष शिल्पा प्याकुरेल, र महानगर महिला अध्यक्ष कुमारी तामाङ छन्। उनीहरूलाई रुद्राक्ष माला, दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
सोही अवसरमा रसायनशास्त्री डा. तुलसी निरौला, जनपथ माध्यमिक विद्यालयकी सहायक प्रधानाध्यापक मनमाया रिजाल, र वाचनालयकी अध्यक्ष सीता लामिछाने लाई पनि विशेष सम्मान गरिएको थियो।
केन्द्रकी संयोजक यशोदा मैनाली शिवाकोटी ले विराटनगर र मोरङमा योगलाई अझ उचाइमा पुर्याउन योगमा निरन्तर योगदान गरिरहेका तथा वर्तमानमा जिम्मेवारी पदमा रहेका व्यक्तित्वहरूलाई सम्मान गरिएको बताइन् ।
View : 725
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved