विराटनगर । झापा प्रहरीले आधी किलो बढी ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका–५ स्थितबाट ५६३ ग्राम ६२० मिलिग्रान ब्राउन सुगरसहित दुईजना पक्राउ परेका हुन् ।
बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले वीआर ३७ आर १८६६ नम्बरको भारतीय मोटरसाइकलबाट झापा गाउँपालिका–६ का २२ बर्षीय साफिक उल मियाँ र भारतको बिहार डिगलबैंकका २२ बर्षीय निसार आलमलाई पक्राउ परेको हो ।
उनीहरूको साथमा रहेको झोला खान तलासी गर्ने क्रममा ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनामाथि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved